नागरिकता माग्दै माइतीघर मण्डलामा एक व्यक्तिले गरे आत्मदाहको प्रयास


३० जेष्ठ २०८०, मंगलवार
maitighar

काठमाडौँ । काठमाडौंको माइतीघर मण्डलमा एक व्यक्तिले आत्मदाहको प्रयास गरेका छन् । नागरिकता माग गर्दै आन्दोलनका क्रममा धर्ना बसेका निरज नामका व्यक्तिले जिउमा पेट्रोल खन्याएर आगो लगाएका हुन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता सीताराम रिजालका अनुसार पेट्रोल खन्याएर ती व्यक्तिले आत्मदाह प्रयास गरेका हुन् । ‘एकजना व्यक्तिले पेट्रोल खन्याएर आत्मदाह प्रयास गरेका थिए’, उनले भने, ‘तर पूरा विवरण खुलिनसकेका ती व्यक्तिलाई तत्कालै उपचारका लागि ट्रमा सेन्टरमा पठाइएको छ ।’

जिउमा आगो लगाएर घाइते उनलाई प्रहरीले नियन्त्रणमा लिएर अस्पताल लगेको थियो । नागरिकताविहीन निरज नामका ती व्यक्तिको अवस्था खतरामुक्त रहेको जनाइएको छ । नागरिकताविहीन व्यक्तिले आत्मदाह प्रयास गरेपछि अहिले त्यहाँ सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७