पारस–हिमानी सम्बन्ध : पारसको ‘फ्रेम’ मा किन परिनन् हिमानी ?


२५ बैशाख २०७५, मंगलवार
Paras Himani enayapatrika Krishna sindhuli saugat online 1

काठमाडौं, २५ बैसाख । लाजिम्पाटको त्रिसरा रेष्टुरेन्टमा पूर्व राजपरिवारले आयोजना गरेको पारिवारिक जमघटले नेपाली सञ्चार क्षेत्रमा निकै चर्चा पायो ।

Paras Himani enayapatrika Krishna sindhuli saugat online 1
पूर्व राजकुमार पारस शाह र पूर्व युवराज्ञी हिमानी शाह । तस्विर : फाइल फोटो

पूर्व राजा ज्ञानेन्द्र शाह र पारस सँगै डिनरमा सहभागी भएर भन्दा पनि पारस–हिमानी लामो समयपछि एकै ठाउँ जमघट गरेका कारण पूर्व राजपरिवारको यो भेटघाटले सञ्चार क्षेत्रमा ठाउँ पायो । विशेषता सञ्चार माध्यमहरुले पूर्व राजकुमार पारस शाह र हिमानीबीचको सम्बन्धमा सुधारको संकेत देखिएको खबर पस्किएका छन् ।

सञ्चार क्षेत्रमा पारस–हिमानी सम्बन्ध सौहार्द भन्दै गएको बताए पनि खास यथार्थ समाचारमा आए जस्तो हो कि हैन भन्ने कुरा अहिले आम नेपालीको मनमा खेलिरहेको छ । डिनरमा पारस–हिमानी शाहको प्रवेश सँगै हुनुलाई सञ्चारमाध्यमले निकै प्राथमिकता दिए । दुवैबीचको सम्बन्ध सुमधुर नरहेको बताइरहेका बेला उनीहरुको यो इन्ट्रीलाई आम नागरिकले ‘इन्ट्रेस्टिङ’ पमा लिए । तर, रेष्टुरेन्टमा सँगै छिरे पनि डिनर अवधिभर उनीहरुबीच बोलचाल नभएको जनाइएको छ । पारिवारिक जमघटमा सँगै नबसी र नबोली फर्केका दम्पत्तीको सम्बन्ध कसरी सुमधुर रहन्छ ? भन्ने जिज्ञासा नागरिकको मनमा अझै खेलरहेको छ ।

पारसको परस्त्री सम्बन्ध र हिमानीको इगोका कारण पारस–हिमानीको सम्बन्धमा दरार ल्याउने कडी रहेको दरबार निकट स्रोत बताउँछन् । धार्मिक मान्यता राख्ने हिमानीलाई सबिता भन्ने माताले श्रीमानसँग सम्बन्ध नराख्नु, नबोल्नु भनेको एकथरी बताउँछन् । हिमानी उनै माताको भनाईमा अडिग रहेको कतिपयले बताउँदै आएका छन् । यो दम्पत्तीमा देखिएको विभाजनको प्रमुख कारण माता भने होइनन् ।

त्यसो त लामो समय विदेशी प्रेमिकासँग थाइल्याण्डमा बसी जेल समेत परेका पारसको रिहाइका लागि हिमानीले कम सकस उठाएकी छैनन् । त्यसै बेलादेखि बाबु ज्ञानेन्द्र शाहसँग पारसको सम्बन्ध बिग्रिएको थियो । उनलाई निर्मलनिवास प्रवेशमा रोक थियो । तर, अहिले निर्मल निवासको ढोला खुल्न थालेको बताइन्छ । पारसको बानीमा आउन थालेको सुधार र लामो समयदेखि काठमाडौंमा नै रहेका कारण परिवारसँग नजिक हुन थालेका छन् ।

पारस सुध्रिन थालेपछि बाबु ज्ञानेन्द्रले उनलाई चेपेका हुन् । त्रिसरामा डिनरका लागि परिवार सँगै पुग्यो । आमा कोमलसँग पनि पारसले राम्रो भलाकुसारी गरे । तर पत्नी हिमानीसँग उनको हिमचिम हुन सकेन । बाबु–आमाबीच बसेर तस्बिर लिएका पारससहितको फ्रेममा हिमानी आउन चाहिनन् । अलिक पर बसिन्, सासु–ससुरासँग गफिइन् र फर्किइन् ।

कतिपय समयमा हिमानी र पारसको सम्बन्ध सुधार भएको चर्चा पनि गरिए । हिमानी ट्रस्टको कार्यक्रममा पारसको सहभागीताका आधारमा यस्तो चर्चा गरियो । बैंककबाट फर्किना साथ केही समय अलग्गै बस्दै आएका पूर्व युवराज पारस सोल्टी होटलमा आयोजना गरिएको सो कार्यक्रममा पुगेका थिए । त्यसपछि सम्बन्ध सुधार भएको चर्चा भयो ।

पारसकी फुपु शोभा शाहीका छोरा हिमवानको विवाहमा एउटै फ्रेममा पारस–हिमानी देखिएपछि सम्बन्ध सुधारको चर्चा भएको थियो । त्यसबेला विवाहमा दुलाहा र दुलहीसँगै फोटो खिच्ने क्रममा पारस र हिमानीले छोराछोरी साथमा राखेर फोटो खिचाएका हुन् । थाइल्याण्डमा रहँदा कन्निका चाइयासार्नसँग प्रेम सम्बन्धमा भुलेपछि हिमानी र पारसको सम्बन्धमा उतार–चढाव देखा परेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७