आजदेखि काठमाडौं भित्रिने र बाहिरिने सबै सवारीसाधनहरू नयाँ बसपार्कबाट


१ असार २०८०, शुक्रबार
buspark ktm
फाइल फोटो

काठमाडौं । आज (शुक्रबार) देखि काठमाडौं भित्रिने र बाहिरिने सबै सवारीसाधनहरू गोंगबुस्थित नयाँ बसपार्कबाट मात्रै सञ्चालन हुने भएको छ ।

काठमाडौं महानगरपालिकाले काठमाडौं भित्रिने र बाहिरिने सबै सवारीसाधनहरू गोंगबुस्थित नयाँ बसपार्कबाट मात्रै सञ्चालन गर्न निर्देशन जारी गरेको छ ।

लामो, मध्यम र छोटो दूरीका सम्पूर्ण सवारीसाधनमा यात्रु चढ्न र ओराल्न नयाँ बसपार्कमै पुर्‍याउनुपर्ने महानगरको निर्देशन छ । महानगरले विभिन्न ठाउँमा छरिएर रहेका टिकट बुकिङ काउन्टर समेत बसपार्कभित्र नै लैजान भनेको छ ।

mahanagar notic

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७