काठमाडौंमा भारतीय चलचित्र ‘आदिपुरुष’ को बिहानी शो रोकियो


१ असार २०८०, शुक्रबार
adipurus 1200x560 1

काठमाडौँ । आज (शुक्रबार) बाट नेपाली हलमा लाग्ने भनिएको भारतीय चलचित्र ‘आदिपुरुष’ को बिहानी प्रदर्शन रोकिएको छ । बिहीबार काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले फिल्मको एक संवाद नहटाए काठमाडौं महानगरभित्र चल्न नदिने बताएपछि सुरक्षाको कारण देखाउँदै वितरकहरुले काठमाडौं उपत्यकामा फिल्म प्रदर्शन रोकेका हुन् ।

क्यूएफएक्स, बिग मुभिज, वान सिनेमाज, सीडीसी सिनेमाज लगायतका हलहरुले फिल्मको बिहानी शो रोकेका हुन् । फिल्म हलको छाता संस्था चलचित्र संघको निर्देशनमा शो रोकिएको बताइएको छ । अहिले बिहान ९ बजे नेपाल चलचित्र सङ्गको बैठक बस्दैछ ।

सीतालाई भारतकी चेली बताइएको संवादले सो चलचित्रको आलोचना भइरहेको छ । केन्द्रीय चलचित्र जाँच समितिले भने जाँच पासको प्रमाणपत्र दिने क्रममा सो संवाद आवाजरहित बनाइएको जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७