फिल्म हलहरुले रोक्यो ‘आदिपुरुष’को प्रदर्शन


४ असार २०८०, सोमबार
adipurus 1200x560 1

काठमाडौं । काठमाडौं महानगरपालिका र लेखनाथ महानगरपालिकाले फिल्म आदिपुरुषलाई प्रदर्शनमा रोक लगाउने निर्णय गरेसँगै फिल्म वितरकले पनि देशव्यापी रुपमा रोक्ने निर्णय गरेको छ । वितरक कम्पनी ब्यांकटेसले दुई महानगरले गरेको निर्णयसँगै देशव्यापी रुपमै हलबाट फिल्म उतारेको हो ।

फिल्ममा प्रयोग भएको जानकी भारतकी छोरी भएको भन्ने संवादलाई लिएर काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले आपत्ती जनाएपछि विवाद सुरु भएको थियो । नेपालमा प्रदर्शन हुने फिल्म उक्त विवादास्पद शब्द हटाए मेयर शाहले विश्वभर प्रदर्शन हुने फिल्ममा उक्त शब्द हटाइनु पर्ने माग गरेका थिए । नेपालमा मात्रै उक्त संवाद हटाइएपछि मेयर शाहले हल व्यवसायीलाई फिल्म रोक्न निर्देशन दिएको थियो ।

मेयर बालेनको निर्देशनमा नगर प्रहरी पजि आइतबार बेलुका हलहलमा पुगेर फिल्म नचलाउन मौखिक निर्देशन दिएका थिए । मेयर शाहको मौखिक निर्देशनसँगै सोमबारदेखि काठमाडौं महानगरका १७ वटै हलबाट फिल्म उतारिएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७