महिलाले ब्रा र पेन्टी नै लगाउन नपाइने देश


२५ बैशाख २०७५, मंगलवार
women without bra

एजेन्सी । अहिलेको दुनियाँमा यस्ता पनि देश छन् । जहाँ महिलाले ब्रा तथा पेन्टी समेत लगाउन पाउँदैनन् । तर विश्वमा यस्ता देशको कमी छैन जहाँ अझैपनि महिलाहरु स्वतन्त्र पूर्वक जीवन जीउन पाएका छैनन् । उनीहरुको स्वतन्त्रता खोसिएको छ ।

उनीहरुलाई आफ्नो इच्छा अनुसार न खाने स्वतन्त्रता छ, न त कपडा लगाउने, घुम्ने र बोल्ने नै । यति भनिसकेपछि महिलाहरुले भित्री वस्त्र लगाउन नपाउने कानून निश्चय पनि गरीब तथा पिछडिएका कुनै देशहरुमा होला भन्न अनुमान गर्न सकिन्छ । तर यस्तो दुनियाको सबैभन्दा धनी तथा विकसित र शक्तिशाली देश अमेरिकाको एक राज्यको हो ।

अमेरिकाको मिसौरी राज्यमा यस्तो कानून छ । जसले महिलाहरुलाई भित्री वस्त्र लगाउन बन्देज गरेको छ । मिसौरीको कानूनले महिलाहरुलाई भित्री वस्त्र लगाउन रोक लगाएको छ र यदि कानूनको उल्लंघन गरेमा सख्त कारवाहीको प्रावधान छ । सयौँ वर्षदेखि उक्त कानून मिसौरीमा लागु छ ।

महिलाहरुलाई भित्री वस्त्र लगाउन रोक लगाउनुको अनौठो रहेको छ । भित्री वस्त्र लगाउँदा महिलाहरु आम अमेरिकी महिला भन्दा कम सुन्दर देखिने र सुडौल जिउडालका लागि प्रशंसाको अधिकार गुमाउने तर्क गरिएको छ । अझ रोचक कुरा त के भने त्यहाँ महिलाहरुले नाइट गाउन लगाउन पनि पाउँदैनन् ।

यदि नाइट गाउन लगाएको अवस्थामा कुनैपनि महिला अप्ठेरोमा परेर उद्धार गर्नुपर्ने अवस्था आएमा उद्धारकर्मीहरुले त्यस्तो पहिरन लगाएको महिलालाई उद्धार गर्न नपाउने कानून पनि छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७