कुवेदविरुद्ध खेल्न नेपाली टिम सार्वजनिक


६ असार २०८०, बुधबार
Nepali football team

काठमाडौं । आजबाट सुरु हुने साफ च्याम्पियनसिपको पहिलो खेलमा कुवेदविरुद्ध खेल्ने नेपाली टिम सार्वजनिक भएको छ । नेपाली समय अनुसार ३ः४५ मा भारतको बैंगलुरुको श्री कान्टेरावा रंगशाला सुरु हुने छ ।

प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले कुवेतसँग खेल्ने नेपाली टिम सार्वजनिक गरेका हुन् । कुवेतविरुद्ध खेल्नका लागि पहिलो रोजाइमा कप्तान किरणकुमार लिम्बु, अनन्त तामाङ, रोहित चन्द, विमल पाण्डे, सनिश श्रेष्ठ, एरिक विष्ट, पुजन उपर्कोटी, लाकेन लिम्बु, अन्जन विष्ट, नवयुग श्रेष्ठ र मनिष डाँगी रहेका छन् ।

१४औं साफ च्याम्पियनसिपअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले अहिले केहिबेरमा कुवेतको सामना गर्दैछ । अन्तर्राष्ट्रिय फुटबलमा नेपालले कुवेतलाई अहिलेसम्म हराउन सकेको छैन । अहिलेसम्म ९ खेल खेलेकोमा ८ खेलमा पराजित भएको छ भने १ खेल बराबरीमा सकिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७