‘राई इज किङ’को सरप्राइजः ‘जुनियर किङ’सँगै गीत सार्वजनिक


८ असार २०८०, शुक्रबार
Rajesh Payel Rai Birth Day Song

काठमाडौं : लोकप्रिय तथा चर्चित गायक राजेश पायल राईले आफ्नो पहिलो सन्तान सार्वजनिक गरेका छन्। विवाह र छोराप्रति टिप्पणी भइरहेका बेला ‘राई इज किङ’ राजेशपायलले ‘जुनियर किङ’ अर्थात् छोरा सायारेमको जन्मदिनको अवसरमा ‘ह्याप्पी बर्थ–डे’ बोलको गीत सार्वजनिक गरेका हुन् ।

सार्वजनिक गीतमा राजेशपायलकै संगीत तथा स्वर रहेको छ । ‘ह्याप्पी बर्थ–डे’ बोलको यस गीतलाई उनले छोरा सायारेमप्रति समर्पित गरेका छन् । गीतमा शब्द अग्नि साम्पाङ राईको छ ।

गत वर्ष यसै समयमा राजेशपायलले विवाह गरेको समाचार सार्वजनिक भएको थियो । साथै, समाचारसँगै सायाबुङ र छोरा सायारेमको तस्बिर समेत सार्वजनिक भएको थियो । त्यससँगै राजेशपायलको विवाहबारे विभिन्न खाले चर्चा र टिप्पणी हुँदै आएको छ । तर, उनले सार्वजनिक रुपमा केही बोलेका थिएनन् ।

त्यसैले पनि राजेशपायलको विवाह र सन्तानको विषयलाई लिएर सञ्चारमाध्यमले विभिन्न किसिमबाट टिप्पणी गर्दै आएका छन् ।सञ्चारमाध्यमले गरेका टिप्पणीप्रति पनि उनी मौन थिए । मंगगलबार छोरा सायरेमप्रति समर्पित गीत सार्वजनिक गरेर विवाहलाई औपचारिक रुपमा स्वीकारेका छन् । 

विदेशका विभिन्न ठाउँमा सांगीतिक कार्यक्रम सकेर उनी केही दिनअघि मात्रै नेपाल आएका थिए।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७