भारतीय प्रधानमन्त्री मोदीलाई इजिप्टको सर्वोच्च सम्मान


११ असार २०८०, सोमबार
28f9e1b5 4fe3 41a3 aea4 b1c969123f23 ehItddUYhD

कायरो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई इजिप्टले आफ्नो सर्वोच्च सम्मान ‘अर्डर अफ द नाइल’ ले सम्मान गरेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीलाई इजिप्टका राष्ट्रपति अब्दुल फतेह अल–सिसीले यो सम्मान प्रदान गरेका हुन् । यो इजिप्टको सर्वोच्च नागरिक सम्मान हो ।

सन् १९१५ मा सुरु भएको यो सम्मान इजिप्ट वा मानवताको लागि उल्लेखनीय सेवा गर्ने राष्ट्र प्रमुख, राजकुमार र उपराष्ट्रपतिहरूलाई दिइन्छ । पीएम मोदीले ट्वीटरमा लेखेका छन्, ‘म धेरै विनम्रताका साथ ’अर्डर अफ द नाइल’ स्वीकार गर्दछु । म इजिप्टको सरकार र जनतालाई यो सम्मानका लागि धन्यवाद दिन्छु । यो भारत र हाम्रो देशका जनताप्रति उनीहरूको न्यानोपन हो। यसले स्नेह देखाउँछ ।’ प्रधानमन्त्री मोदीले अरबी र अंग्रेजी दुवै भाषामा ट्वीट गरेका छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७