मेयर शाहविरूद्वको मुद्दा आज पनि ‘हेर्न नभ्याइने’ मा


११ असार २०८०, सोमबार
Balen 1

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहविरूद्वको मुद्दा आज (सोमबार) पनि हेर्न नभ्याइनेमा परेको छ ।
यसअघि हिजो पनि मुद्दा हेर्न नभ्याइनेमा परेको थियो । मुद्दाको पेसी न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासमा परेको थियो ।

काठमाडौं महानगरमा हिन्दी फिल्म चल्न नदिने बालेको घोषणापछि उच्च अदालतले हिन्दी फिल्न नरोक्न आदेश दिएको थियो । अदालतको आदेशपछि बालेनले अदालतको आदेश नमान्ने अभिव्यकत दिएका थिए । बालेनको अभिव्यक्तिपछि अधिवक्ता वर्षाकुमारी झाले गएको शुक्रबार बालेनविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दायर गरेकी थिइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७