झापामा अलग–अलग घटनामा तीन जनाको मृत्यु


१२ असार २०८०, मंगलवार
death
सांकेतिक तस्वीर

झापा । झापामा अलग–अलग घटनामा आज बिहान तीन जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार हल्दिबारी गाउँपालिका–२ स्थित चिया बगानमा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको र शिवसताक्षी नगरपालिकास्थित झिलझिलेमा सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको हो ।

भद्रपुर नगरपालिका–७ बस्ने ५३ वर्षीय गिरेन कर्मकारलाई आज बिहान महेन्द्र पोखरेलको चिया बगानमा जङ्गली च्याउ टिप्ने क्रममा हात्तीले कुल्चेर मारेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्र रिजालले बताए । यसैगरी पूर्वपश्चिम राजमार्गको शिवसताक्षी–९ स्थित भालुखोलामा पूर्वबाट पश्चिमतर्फ गइरहेको प्र१–०२–००क ३८७९ नम्बरको ट्रक र विपरीत दिशाबाट आइरहेको प्र१–०१–००च ७४८२ नम्बरको कार एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कारमा सवार मोरङ उर्लाबारी नगरपालिका–६ बस्ने ४५ वर्षीय गुरुचन चौधरी र उनकै छोरी १८ वर्षीया कुमकुम चौधरी रहेको प्रहरीले जनाएको छ । गुरुचनको छोरा १० वर्षीय विवेक चौधरी, रतुवामाई नगरपालिाका–१० का १९ वर्षीय रिकेश न्यौपाने, उर्लाबारी–७ का ४० वर्षीया मुना साह घाइते भएको प्रहरी प्रवक्ता रिजालले जानकारी दिए । उनका अनुसार घाइतेको विर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७