अफगानिस्तानमा इद अल–अधाका अवसरमा दुई हजार बढी कैदी जेलमुक्त


१५ असार २०८०, शुक्रबार
kaidi bandi

काठमाडौं । अफगानिस्तानको सर्वोच्च अदालतले दुई हजार १७८ कैदीलाई इद अल–अधा अवसरमा रिहा गरिएको जनाएको छ । कामचलाउ सरकारका सर्वोच्च नेता मौलवी हिबतुल्लाह अखुन्दजादाको आदेशका आधारमा बिहीबार ती कैदीलाई रिहा गरिएको अदालतले आफ्नो ट्वीटर पेजमा जनाएको छ ।

सो अवसरमा ४८९ कैदीबन्दीलाई कैद सजाय तोकिएको अदालतले जनाएको छ । यस वर्षको इद अल–फित्रको अवसरमा पनि दुई हजारभन्दा बढी कैदीलाई रिहा गरिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७