कुवेतलाई हराउँदै भारतले जित्यो साफ च्याम्पियनसिपको उपाधि


२० असार २०८०, बुधबार
saff qYDD3IGdp8

काठमाडौँ । १४ औं साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि भारतले जितेको छ । घरेलु टोली भारतले मंगलबार रातिको रोमाञ्चक फाइनलमा कुवेतलाई पेनाल्टी सुटआउटमा ५-४ गोलले हराउँदै उपाधि चुमेको हो ।

निर्धारित र थप गरिएको समयको खेल १-१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । अन्ततः पेनाल्टी सुटआउटमा भारतले बाजी मार्‍यो । भारतले नवौं पटक साफ च्याम्पियनसिपको उपाधि जितेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७