समीरका दुई कृति विमोचित


२२ असार २०८०, शुक्रबार
PrakashSilwal KTM RSS 22 bbb

काठमाडौं । श्रष्टा समीर नेपालका उपन्यास र यात्रा कथा गरी दुई कृति आज विमोचित गरिएको छ । ओरिएन्टल प्रकाशनद्वारा प्रकाशित उपन्यास ‘वर्षका बिहानीहरू’ र यात्रा कथा ‘नबिर्सने यात्रा’ साहित्यकारद्वय मेघराज शर्मा ‘मञ्जुल’ र एसपी कोइरालाले विमोचन गरे ।

भोजपुरको पोखरेमा आजकै दिन जन्मिएर पठित परिवारमा हुर्किएका समीरका दुई दाजु मञ्जुल र प्रदीप नेपाल साहित्यिक क्षेत्रमा स्थापित भइसकेका छन् । कार्यक्रममा समीक्षक डा. गीता त्रिपाठीले दुवै कृतिले उनको साहित्यिक व्यक्तित्व खुलाएको टिप्पणी गर्दै पछिल्लो समयमा नियात्रा विधा लोकप्रिय भएको सन्दर्भमा ‘नबिर्सने यात्रा’ को महत्व झन् बढेको बताइन् ।
लामो समयदेखि सामाजिक तथा मानवअधिकारका क्षेत्र हुँदै हाल राजनीतिमा सक्रिय श्रष्टा नेपालले साहित्यिक वातावरण घरमै मिलेकाले आफूलाई लेख्न समस्या नभएको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७