रोहित पौडेलको कप्तानीमा ‘इमर्जिङ कप’ का लागि नेपाली टोली घोषणा


२३ असार २०८०, शनिबार

काठमाडौँ । एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटका लागि रोहित पौडेलको कप्तानीमा १६ सदस्यीय नेपाली टोलीको घोषणा भएको छ । श्रीलंकामा अर्को हप्तादेखि हुने इमर्जिङ कपका लागि नेपाल क्रिकेट संघ (क्यान) ले हिजो पौडेलको कप्तानीमा टोली घोषणा गरेको हो ।

नेपालको टोलीमा देव खनालदेखी स्पिनर सूर्य तामाङसम्मका युवा खेलाडीले पुनरागमन गरेका छन् । ज्ञानेन्द्र मल्ल र करण केसीलाई भने विश्राम दिइएको छ । नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछाने र अलराउन्डर दीपेन्द्रसिंह ऐरीले इमर्जिङ टिम्स एसिया कप नखेल्ने भएका छन् । सन्दीप र दीपेन्द्र जुलाई २० देखि सुरु हुने फ्रेन्चाइज लिग ग्लोबल टी–२० क्यानडामा आबद्ध भएका छन् ।

लिगमा सहभागी हुन दुवै जना क्यानडा जाने भएकोले इमर्जिङ कप नखेल्ने भएका हुन् । प्रतियोगितामा एसीयाका टेस्ट मान्यता प्राप्त पाँच टोलीका ‘ए’ टिम तथा अरु तीन टोलीले सहभागीता जनाउदै छन् । यो प्रतियोगिता १३ जुलाई देखि २३ जुलाईसम्म हुनेछ । इमर्जिङ कपको समूह ‘बी’ मा नेपाल, यूएई, पाकिस्तान ‘ए’ र भारत ‘ए’ छन् । त्यस्तै समूह ‘ए’ मा श्रीलंका ‘ए’, बंगलादेश ‘ए’, अफगानिस्तान ‘ए’ र ओमान छन् । नेपालले जुलाई १४ मा पाकिस्तान, जुलाई १७ मा भारत र जुलाई १९ मा यूएईसँग खेल्नेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७