दक्षिण अफगानिस्तानमा ७७ किलो हेरोइनसहित एक जना पक्राउ


२५ असार २०८०, सोमबार
77 kg of heroin1688911999

काठमाडौं । दक्षिण अफगानिस्तानको उरुज्गान प्रान्तबाट प्रहरीले ७७ किलो हेरोइनसहित एक जनालाई पक्राउ गरेको छ । अफगानिस्तानको गृह मन्त्रालयका प्रवक्ता अब्दुल मतिन कानीले ७७ किलो हेरोइनसहित एक व्यक्तिलाई पक्राउ गरिएको पुष्टि गरेका छन् ।

पछिल्लो २४ घण्टामा उरुज्गान प्रान्तबाट लागुऔषधसहित ती व्यक्ति, पूर्वी खोस्त प्रान्तबाट थप तीन जना र परवान प्रान्तबाट एक जना लागुऔषध तस्करलाई पक्राउ गरिएको कानीले बताए । प्रवक्ताले थप विवरण नदिइकन प्रहरीले पक्तिका र परवान प्रान्तमा लागुऔषध विरोधी अभियान अन्तर्गत २०० एकड अफिम पनि नष्ट गरेको बताए ।

अफगानिस्तानको राजधानी काबुल शहरमा पछिल्लो २४ घण्टामा लागूऔषध ओसारपसारमा संलग्न भएको आरोपमा तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । यस्तै हेरात प्रान्तमा पछिल्लो एक सातामा करिब एक दर्जन लागुऔषध तस्करलाई प्रहरीले पक्राउ गरेको छ । अफगानिस्तानको कार्यवाहक प्रशासनका सर्वोच्च नेता मुल्लाह हिबतुल्लाह अखुन्दजादाले गत वर्ष अप्रिलमा जारी गरेको आदेशमा अफिमलगायत अवैध बालीको खेती, लागूऔषध प्रशोधन र ओसारपसारमा प्रतिबन्ध लगाइएको घोषणा गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७