मिटरब्याजबिरुद्धको विधेयक दुई–तीन दिनमै संसदबाट पारित हुन्छ : कानुनमन्त्री गुरुङ

‘भ्रष्टाचारका फाइल खोल्दा सरकार ढल्छ भन्ने भ्रम फैलाइयो’


३० असार २०८०, शनिबार
Dhanraj Gurung 1 scaled

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले दुई-तीन दिनभित्र नै मिटर ब्याजीबिरुद्धको विधेयक पारित हुने दाबी गरेका छन् । आज (शनिबार) काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो दाबी गरेका हुन् । उनले मिटरब्याजी पीडकलाई कानूनमा ल्याउँदा अध्यादेश फेल गराइ प्रतिस्थापन विधेयक आउन नदिने षड्यन्त्रहरु भइरहेको आरोप लगाए ।

उनले अनुचित लेनदेनको विधेयक अघि बढाउने क्रममा सिङ्गै काँग्रेस अघि बढ्ने बताए । उनले इफ बट केही नभनी यही संसदबाट दुई–तीन दिनभित्र विधेयक पारित गर्ने दावी गरे । उनले देश र जनताको बिरोधी भ्रष्टाचार र भ्रष्टाचारी भएकाले सरकारले सुशासन र भ्रष्टाचारबिरुद्ध अघि बढिरहेको बताए । उनले सरकारको एउटै मिसन सुशासन स्थापना गर्ने, र जनतालाई डेलिभरी दिने कुरा रहेको बताए । उनले भ्रष्टाचारका कुरामा सरकारले कुनै जात, धर्म, लिङ्ग, वर्ण, राजनीतिक पार्टी नचिन्ने बताए ।

उनले भने, ‘आज देश र जनताको बिरोधी को ? व्यवस्था हो ? होइन, व्यवस्था हामीले प्राप्त गरिसकेका छौँ, तर नेपाली जनताको अवस्था किन बदल्न सकेनौँ ? अवस्था बदल्न नसक्नुको कारण नेपाल्ी जनताको बिरोधी शक्ति भनेको भ्रष्टाचार र भ्रष्टाचारी नै हो, हामी त्यसैगरी लड्छौँ, रगत बगाउन तयार छौँ, भ्रष्टाचारीहरुका बिरुद्धमा, भ्रष्टाचारीको मुख हेरिने छैन । हाम्रो सरकारको एउटै मिसन हो, सुशासन स्थापना गर्ने, र जनतालाई डेलिभरी दिनेक ुरा हो । जनतालाई सुशासन दिनका लागि पनि भ्रष्टाचारका फाइलहरु खोल्दै जाने, जो जो पर्छ पर्दै जान्छन्, कानूनले यो वा त्यो भन्दैन, कुनै जात, धर्म, लिङ्ग, वर्ण, राजनीतिक पार्टी चिन्दैन, त्यही आधारमा अघि बढ्नेछौँ ।’

उनले थपे, ‘त्यही मिसनमा सरकार अघि बढीरहेको छ । त्यसैले सरकारले आज भ्रष्टाचारका फाइल खोल्दै गर्दा सरकार ढल्छ भन्ने सुनेको छु, आज मिटरब्याजी पीडकलाई कानूनमा ल्याउँदा अध्यादेश फेल गराइ प्रतिस्थापन विधेयक आउन नदिने षड्यन्त्रहरु भइरहेका छन् । यो र त्यो नाउँमा मिटरब्याज अनुचित लेनदेनको विधेयक अघि बढाउने क्रममा सिंगै काँग्रेस अघि बढ्छ । मलाई अनुचित लेनदेनको विधेयक जसरी पनि पारित गर्ने हो तिमी अघि जाउ भनेर पार्टी सभापतिले भन्नुभएको छ । त्यसैले पनि हामी सिंगै काँग्रेस एक ठाउँमा छौँ । इफ बट केही लाग्दैन, अब यही संसदबाट यो विधेयक दुई, तीन दिनभित्र हामी पारित गरेर अघि बढ्छौँ, कुनैपनि मिटरब्याजी पीडिकलाई छोड्दैनौं ।’ मन्त्री गुरुङले भ्रष्टाचारका फाइल खोल्दा सरकार ढल्छ भन्ने भ्रम फैल्याइएको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७