५२ किलोमिटरमा विस्तार भयो नेपालमा रेल सेवा (तस्वीरहरु)


३१ असार २०८०, आईतवार
Train 4 1

जनकपुर । नेपालमा रेल सेवा थप १७ किलोमिटर विस्तार भएको छ । भारतको जयनगरबाट जनकपुर हुँदै कुर्थासम्म चल्दै आएको रेल अब महोत्तरीको भङ्गाहा बिजलपुरासम्म चल्ने छ ।

आइतबार जयनगर–कुर्था–भंगहा (बिजलपुरा) रेल्वे सेवा आज (आइतबार) देखि विधिवत् रुपमा उद्घाटन गरिएको हो । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सेवा विस्तारको आइतबार उद्घाटन गरेका छन् । जयनगर–जनकपुरधाम–कुर्थासम्मको ३५ किलोमिटरमा १५ महिनादेखि सञ्चालनमा हुँदै आएको रेल सेवा अब थप १७ किलोमिटरसमेत गरी ५२ किलोमिटर लामो दूरीमा सञ्चालन हुनेछ ।

दोस्रो चरणको भौतिक पूर्वाधार निर्माण भइसकेपछि सेवा बिजलपुरासम्म विस्तार गरिएको रेलवे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिए । तर जग्गाको मुआब्जा विवादको कारण तेस्रो चरणको बिजलपुराबाट बर्दिबाससम्मको रेलवे पूर्वाधार निर्माण भने रोकिएको छ ।

विस्तारित रेल सेवाको आइतबार उद्घाटन गर्दै मन्त्री ज्वालाले रेल सेवा विस्तारले नेपाल–भारतबीचमा थप सुमधुर सम्बन्ध बनेको बताए । रेल सेवा विस्तारले दुवै तर्फका जनताले प्रत्यक्ष लाभ लिने मन्त्री ज्वालाको भनाइ छ । रेलवे कम्पनीका महाप्रबन्धक झाका अनुसार अब बिजलपुराबाट हरेक दिन बिहाने ७ः३० बजे रेल छुट्नेछ । बिजलपुराबाट छुटेको रेल कुर्था र जनकपुर हुँदै जयनगरसम्म पुग्नेछ । जयनगरदेखि जनकपुर–कुर्था–बिजलपुरा रुटमा दैनिक ६ पटक रेल गुड्ने झाको भनाइ छ ।
हर्नुस् तस्वीरहरु

Train 1
Train 3
Train 4
Train 2

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७