बंगलादेशसँगको मैत्रीपूर्ण खेल नेपालले जित्यो


३१ असार २०८०, आईतवार
pic 8 RabzQ9KCQH

काठमाडौं । बंगलादेशसँगको दुई खेलको मैत्रीपूर्ण अन्तर्राष्ट्रिय फुटबल श्रृंखलाअन्तर्गत दोस्रो खेलमा नेपाली महिला राष्ट्रिय टोली विजयी भएको छ ।

नेपालले बंगलादेशलाई टाइब्रेकरमा ४–२ गोलअन्तरले हराएको हो । निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो । योसँगै नेपालले दुई खेलको श्रृंखला जितेको छ । यसअघि घरेलु टोलीसँग भएको पहिलो खेलमा नेपालले १–१ गोलको बराबरी खेलेको थियो ।

nep vs banga

ढाकाको कमलपुरस्थित वीरश्रेष्ठ शहिद सिपाही मोहम्मद मुस्तफा कमल स्टेडियममा भएको दोस्रो मैत्रीपूर्ण खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय सिधै टाइब्रेकरबाट लिइएको हो ।

टाइब्रेकरमा नेपालकी सावित्रा भण्डारी, हिरा भुजेल, दिपा शाही, अनिता केसीको प्रहारले पोष्टको जाली चुमाए । अञ्जना राना मगरको प्रहार बारमा लाग्दै बाहिरिएको थियो । बंगलादेशकी साम्सुनार र मोनिका चक्माको प्रहारले पोष्टको जाली चुम्दा मारिया मण्डा, सेइली अजिमको प्रहार गोलरक्षक अञ्जना रानामगरले बचाइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७