बजेट कार्यान्वयनको प्रभावकारी योजना बनाउन मुख्यसचिवको निर्देशन


१ श्रावण २०८०, सोमबार
baikuntha aaryal 1

काठमाडौं । नेपाल सरकारका मुख्यसचिव डा. वैकुण्ठ अर्यालले आर्थिक वर्ष २०८०/८१ को बजेट र नीति तथा कार्यक्रमको कार्यान्वयन र योजना तर्जुमामा प्रभावकारीरुपमा कार्य गर्न आज विभिन्न मन्त्रालय र निकायका सचिवहरुलाई निर्देशन दिएका छन् ।

नयाँ आर्थिक वर्षको पहिलो दिन सिंहदरबारमा भएको बैठकमा मुख्यसचिव अर्यालले बजेट र नीति तथा कार्यक्रमअनुसार योजना तर्जुमा र तिनको प्रभावकारी कार्यान्वयनका सन्दर्भमा कुनै कमी नगर्न निर्देशन दिएका हुन् । बैठकमा सहभागी एक सचिवका अनुसार सरकारले लिएका ‘माइलस्टोन’ लाई पूरा गर्न आवश्यक योजना तय गरी बेरुजु फट्र्याैटमा ध्यान दिन छलफल भएको छ । यसैगरी निजामती प्रशासनलाई विश्वसनीय बनाउने सवालमा बैठकमा हाल देखिएका कतिपय समस्याका विषयमा पनि बैठकमा छलफल भएको जनाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७