सुनचाँदीको भाउ हालसम्मकै उच्च, अझै बढ्ने अनुमान


४ श्रावण २०८०, बिहीबार
Gold 2

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको भाउ हालसम्मकै उच्चविन्दूमा पुगेको छ । सुनको भाउ आज (बिहीबार) तोलामा ५ सय रुपैयाँले बढेर एक लाख १३ हजार ६ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

गएको जेठ १९ गते सुनको भाउ अहिलेसम्मकै उच्च एक लाख १३ हजार ३ सय रुपैयाँमा पुगेको थियो । हिजो तोलामा एक लाख १३ हजार एक सय रुपैयाँ थियो । अन्तर्राष्ट्रिय बजारमा नै भाउ बढिरहेकाले नेपालमा पनि भाउ बढेको महासङ्घका पूर्व अध्यक्ष तेजरत्न शाक्यले जानकारी दिए ।

उनका अनुसार भाउ अझै बढ्ने सम्भावना छ । यस्तै, चाँदी पनि आज अहिलेसम्मकै महँगो भएको छ । चाँदीको भाउ तोलाको एक हजार चार सय ९५ रुपैयाँ पुगेको नपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७