सिंचाइ पोखरीमा डुबेर दुई बालिकाको मृत्यु


५ श्रावण २०८०, शुक्रबार
dubera
सांकेतिक तस्वीर

दैलेख । पश्चिम दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–३ को पानिलोला भन्ने ठाउँमा पोखरीमा डुबेर दुई बालिकाको ज्यान गएको छ । आज (शुक्रबार) पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा ८ वर्षीया विपना खप्तडी मगर र ५ वर्षीया सपना खप्तडी मगर रहेका छन् । उनीहरुको सिञ्चाईका लागि बनाइएको पोखरीमा डुबेर मृत्यु भएको दैलेख प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७