४० वर्षअघि हराएको मूर्ति नेपाल फर्काइयो


६ श्रावण २०८०, शनिबार
surya statue with

लण्डन । करिब चार दशकअघि नेपालबाट हराएको एउटा सांस्कृतिक कलाकृति बेलायतकै एक मूर्ति संग्रहकर्ताले फिर्ता गरेको छ । एघारौं शताब्दीमा निर्मित खरानी रङको चून ढुङ्गाको सूर्य मूर्ति लण्डनस्थित नेपाली दूतावासलाई हस्तान्तरण गरिएको हो ।

सो मूर्तिलाई बिहीबार नेपाल पठाएको दूतावासले जनाएको छ । सन् १९८५ मा पाटनबाट हराएको उक्त मूर्ति कलाकार लैनसिंह बाङ्देलको पुस्तक ’स्टोलन इमेजेज् अफ नेपाल’ मा सूचीबद्ध छ । मूर्ति ७९ सेमी उचाई, ४९ सेन्टिमिटर लम्बाइ र १५ सेमी चौडाइ रहेको यस मूर्तिको तौल ४१ केजी छ । फिर्ता गरिएको मूर्ति पुरातत्व विभागमार्फत् पुरानै स्थानमा पुनर्स्थापना गरिने दूतावासले जनाएको छ ।

सांस्कृतिक सम्पादाको स्वदेश फिर्ताले हराएका सांस्कृतिक सम्पदाहरुको पुनःर्स्थापना गर्ने नेपालको प्रयासमा सकारात्मक योगदान पुर्‍याएको दूतावासको विश्वास छ । दूतावासले यसभन्दा अगाडि पनि हराएका मूर्तिहरू नेपाल पठाउँदै आएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७