‘चीनबाट इन्धन उत्तर कोरिया लैजान नदेऊ’


६ श्रावण २०८०, शनिबार
northa koriaaaa oX3K3vXnE8
फाइल फोटो

संयुक्त राष्ट्रसंघ । युरोपेली संघ र अन्य तीन देशसहित सात राष्ट्रको समूहले चीनलाई आफ्नो जलक्षेत्रबाट इन्धन उत्तर कोरिया लैजाने अनुमति खारेज गर्न आग्रह गरेको छ ।

संयुक्त राष्ट्रसंघका प्रतिबन्धहरूको अवहेलना गर्दै उत्तर कोरियामा इन्धन लैजाँदै गरेको देखिएकाले तेल बोकेका ट्यांकरलाई आफ्नो जलक्षेत्रबाट हटाउन ती देशले चीनलाई आग्रह गरेका हुन् ।

क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान, बेलायत र संयुक्त राज्य अमेरिकाका राजदूतहरूले संयुक्त राष्ट्र संघका लागि चीनका राजदूत झाङ जुनलाई सम्बोधन गर्दै लेखेको पत्रमा चीनको जलक्षेत्रबाट इन्धन आपूर्ति भइरहेकाले त्यसलाई रोक्न आफ्नो सरकारसँग अनुरोध गर्न आग्रह गरिएको छ । युरोपेली संघ, दक्षिण कोरिया, अष्ट्रेलिया र न्यूजिल्याण्डका राजदूतहरूले पनि पत्रमा हस्ताक्षर गरेका छन् । चिनियाँ राजदूतलाई पत्र पठाइएको भएपनि त्यसको पुष्टि नभएको स्रोतले जनाएको छ ।

पत्रमा चीनको जलक्षेत्रमा ट्यांकरहरूको उपस्थिति र आवागमनलाई उत्तर कोरियामाथि लगाइएको प्रतिबन्धको पालनाको अनुगमन गर्ने राष्ट्रसंघको विज्ञ समूहले अवलोकन गरेको उल्लेख गरिएको छ । सन् २००६ देखि संयुक्त राष्ट्रसंघले क्षेप्यास्त्र प्रक्षेपण र आणविक कार्यक्रमलाई लिएर उत्तर कोरियामाथि प्रतिबन्ध लगाएको छ । २०१७ मा प्योङयाङ उपर कच्चा तेल आयातलगायत थप प्रतिबन्ध लागेको छ ।

यसैबीच, अमेरिकाले चीन र रसियाको समर्थनमा उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षण गर्ने उत्तेजनात्मक गतिविधिलाई निरन्तरता दिएको आरोप लगाएका छन् । चीन र रुसले प्योङयाङमा नयाँ प्रतिबन्ध लगाउने प्रस्तावमाथि भिटो गरेर सुरक्षा परिषद्को एकता पनि खल्बल्याएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७