बाजुरामा खोलाले ट्याक्टर बगायो, चालक बेपत्ता


८ श्रावण २०८०, सोमबार
bajura tactor dI0PEE1DLc

बाजुरा । बाजुरामा खोलाले ट्याक्टर बगाउँदा चालक बेपत्ता भएका छन् । मार्तडी–कोल्टी सडक अन्तर्गत बडिमालिका नगरपालिका–९ स्थित अनाया खोलाले ट्याक्टर बगाउँदा चालक बेपत्ता भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार ट्याक्टर चालक कैलालीको जोशीपुर गाउँपालिका–६ का डुबनारायण चौधरी बेपत्ता भएका छन् । आइतबार राति कोल्टी जाने क्रममा अनाया खोलाले से २ त ३२२५ नम्बरको ट्याक्टर बगाएको थियो ।

उक्त ट्याक्टर २० मिटर तल ढुंगामा अड्किएको अवस्थामा भेटिएको छ । चालकको खोजीका लागि टोली परिचालन भएको जिल्ला प्रहरी कार्यालय बाजुरा डीएसपी कबिन्द्रसिंह बोहराले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७