चुनाव खर्च सार्वजनिक नगर्ने २,४३५ उम्मेदवारलाई कारबाही, जनही १५ हजार जरिवाना (सूची)


९ श्रावण २०८०, मंगलवार
nirbachan aayog

काठमाडौं । गएको मंसिर ४ को प्रतिनिधिसभा र प्रदेशसाभा चुनावको खर्चको विवरण सार्वजनिक नगर्ने २,४३५ उम्मेदवारलाई निर्वाचन आयोगले कारबाही गरेको छ । आयोगले प्रतिनिधिसभाका १,०३७ र प्रदेशसभाका १,३९८ उम्मेदवारलाई जनही १५ हजार जरिवाना तोकेको हो ।

निर्वाचन कसुर तथा सजाय ऐनको दफा ३१ अनुसार कारबाही गरिएको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए । ‘१५ हजार जरिवाना र सात दिनभित्र खर्चको विवरण सार्वजनिक गर्न भनेका छौँ,’ उनले भने । त्यस्तै, प्रतिनिधिसभा र प्रदेशसभाका ७४ उम्मेदवारका सम्बन्धमा भने निर्णय गर्न बाँकी छ । ७४ मध्ये प्रतिनिधिसभाका ३७ र प्रदेशसभाका ३७ उम्मेदवार छन् । यी उम्मेदवार खर्चको विवरण पनि नबुझाउने र सार्वजनिक पनि नगर्ने हुन् । ७४ उम्मेदवारका लागि ५ लाख जरिवाना लगाउने आयोगको तयारी छ ।

प्रतिनिधिसभाका १,०३७ उम्मेदवार कारबाहीमा

प्रतिनिधिसभाको प्रत्यक्षतर्फ २,४११ जना उम्मेदवार रहेकोमा एक हजार ३७ जना उम्मेदवारले खर्चको विवरण सार्वजनिक नगरेका हुन् । आयोगका अनुसार १,३३७ उम्मेदवारले मात्र खर्चको विवरण सार्वजनिक गरेका छन् ।

सार्वजनिक नगर्नेमा सबैभन्दा धेरै मधेश प्रदेशका ४०० सय उम्मेदवार छन् । कोशीमा १९३, बागमतीमा २४८, गण्डकीमा ४९, कर्णालीमा १६ र सुदूरपश्चिममा ३७ उम्मेदवारले खर्चको विवरण सार्वजनिक गरेका छैनन् ।

प्रदेशका १,३९८ उम्मेदवार कारबाहीमा

गत ४ मंसिरको प्रदेशसभाको प्रत्यक्षमा ३,२२५ उम्मेदवार रहेकोमा १,३९८ जना उम्मेदवारले खर्चको विवरण सार्वजनिक नगरेको आयोगले जनाएको छ । १,७९० जना उम्मेदवारले मात्र खर्चको विवरण सार्वजनिक गरेका छन् । प्रदेशसभामा पनि सबैभन्दा धेरै मधेश प्रदेशका ७२७ उम्मेदवारले खर्चको विवरण सार्वजनिक गरेका छैनन् । त्यसैगरी, कोशीमा २०३, बागमतीमा २ सय २६, गण्डकीमा ४९, लुम्बिनीमा १३५, कर्णालीमा १६ र सुदूरपश्चिममा ४२ उम्मेदवारले खर्चको विवरण सार्वजनिक गरेका छैनन् ।

हेर्नुस् आयोगको विज्ञप्ती

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७