गायक बराइलीको ‘तीजको बेलामा’ सार्वजनिक


१० श्रावण २०८०, बुधबार

काठमाडौं । गायक एवं सर्जक सुजन बराइलीको तीजको गीत ‘तीजको बेलामा’ सार्वजनिक भएको छ । महिलाको महान् पर्व हरितालिका तीज नजिकिँदै गर्दा उक्त तीज बजारमा आएको हो ।

गीतमा सुजन बराइली र सुनिता बुढा क्षेत्रीको स्वर रहेको छ । शब्द र सङ्गीत गायक बराइलीकै रहेको छ । कुमार केसीको निर्देशन रहेको उक्त गीतमा प्रशान्त मगरको कोरियोग्राफी, दीपक गिरीको छायाँङ्कन र अमृत चापागाईँको सम्पादन रहेको छ । गीतमा निक्स शर्मा र रुविना अधिकारीले अभिनय गरेका छन् ।

गायक बराइलीले यसअघि ‘मल्लाज दरबार’, ‘जिउन सिकायो’, ‘मेरो प्यारो मल्लाज गाउँ’, ‘तीजको बो नाच बरिलै’, ‘विश्कर्मा बाबा’, ‘पर्वते ठिटो’, ‘मायामा भुलियो’, ‘बोलाइ पासो भो’, ‘सालैजो’, ‘अन्त नजर लाउन छोड्ने छु’ र ‘शोकले मरिन्छ कि भोकले’ लगायत लोकदोहोरी र भजन गीत सार्वजनिक गरिसकेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७