ओपनिङ बलरको रूपमा सन्दीपको डेब्यू, लिए १ विकेट दिए २५ रन


२९ बैशाख २०७५, शनिबार
sandeep lamichane 2
अाइपिएलमा सन्दीप लामिछाने ।

काठमाडौं, २९ वैशाख । नेपाली क्रिकेटर सन्दिप लामिछानेले आइपिएलमा ओपनिङ बलरको रुपमा डेब्यु गरेका छन् । दिल्ली डियरडेभिल्समा आवद्ध उनले शनिबार रोयल च्योलेन्जर्स बैंग्लोरविरुद्ध डेब्यू गरेका हुन् । sandeep lamichane 1

दिल्लीको घरेलू मैदान फिरोज शाहा कोटला रंगशालामा टस हारेर ब्याटिङको गरेको २० ओभरमा ४ विकेट गुमाएर १८१ रन बनाएको थियो । दिल्लीका लागि रिसव शर्मा पन्तले ६१ रन बनाउँदा अभिशेक शर्माले डेब्यू खेलमै अविजित ४६ रन बनाए । यस्तै कप्तान श्रेयस लेयरले ३२, विजय संकर २१, जोसन रोय १२ र पृथ्वी सोले २ रन ल्याए ।

बैंग्लोरका लागि युजेन्द्र चहलले २, मोहमेद सिरज र कोलिन दि ग्राण्डसमेले एक एक विकेट लिए ।

बैंग्लोर जवाफी ब्याटिङमा उत्रँदा दिल्लीका कप्तान श्रीयस ऐयसले सन्दिपलाई पहिलो ओभरमा नै बल थमाए । त्यो ओभरमा ६ रन दिएका सन्दिपले आफ्नो दोस्रो ओभरको चौथो बलमा पार्थिव पटेललाई ६ रनमा एलबीडब्लू धरापमा पारे । उनले ४ ओभरमा २५ रन दिए ।
बोल्ट र सन्दिपले क्रमशः दोस्रो र तेस्रो ओभरमा विकेट लिएपनि विराट कोहली र एबी डिभिलियर्सले ११८ रनको साझेदारी गर्दै जितको आधार तयार पारे । कोहली ७० रनमा आउट भए डिभिलियर्स ७२ रनमा अविजित रहे ।

यो हारसँगै दिल्ली समूह चरणको २ खेल बााकी छादै बाहिरिएको छ भने बैंग्लोरको गणितीय सम्भावना कायमै छ ।

सन्दीपको सबैभन्दा कम इकोनोमी ओभर बलिङ
आइपिएलको डेब्यू खेलमा सन्दिप लामिछानेले ४ ओभरमा एक विकेट लिए भने २५ रन दिए । रोयल च्यालेन्जर्स बैंलोरविरूद्ध बलिङ गरेका लामिछानेले सबैभन्दा कम इकोनोमी ओभर बलिङ गरेका हुन्। sandeep lamichhane

दिल्लीका लागि ओपनिङ बलिङ गरेका १८ वर्षे सन्दीपले यसअघि पहिलो ओभर बलिङमा ६ रन खर्चिएका थिए । पहिलो ४ बलमा २ रन मात्रै दिएका सन्दीपको पाँचौं बलमा बैग्लोरले बाइ मार्फत ४ रन बटुलेको थियो। छैठौं बल पनि सन्दिपले डट फालेका थिए।

सन्दीपले दोस्रो ओभरको चौथो बलमा पार्थिव पटेलको विकेट लिँदै ऐतिहासिक सफलता हात पारे । उनले पार्थिवलाई एलबिडब्लुको धरापमा पारे । त्यसअघिका उनले विराट कोहलीलाई सुरूवाती दुई बल गरेका थिए । पहिलो बल विराटले डट खेलेका थिए । दोस्रो बलमा विराटले एक रन लिए । तेस्रो बलमा पार्थिवले चौका प्रहार गरे भने चौथो बलमा सन्दीपले उनलाई एलबिडब्लु आउट गरे । पाँचौ र छैठौ बल लगातार डट फालेका थिए।sandeep lamichane 2

सन्दीपको तेस्रो ओभरमा सन्दीपले ९ रन मात्रै खर्चिए । विराट कोहलीले उनको तेस्रो ओभरको पहिलो बलमा चौका, दोस्रो बलमा विराटले डट, तेस्रो बलमा एक रन लिँदै एबी डिभिलियर्सलाई स्ट्राइकमा ल्याए । चौथो बलमा डिभिलियर्स र पाँचौं बलमा कोहली, अन्तिम बलमा डिभिलियर्सले एक–एक रन बनाए ।

यस्तै आफ्नो चौथो ओभरमा लामिछानेले एक छक्कासहित १० रन रन दिए । पहिलो बलमा डिभिलियर्सले एक रन, दोस्रो बलमा कोहलीले पनि एक रन लिए ।

तेस्रो बलमा डिभिलियर्सले फेरि एक रन लिए भने चौथो बलमा पनि कोहलीले एक रन लिएर स्टाइक परिवर्तन गरे । पाँचौ बलमा डिभिलियर्स छक्का प्रहार गरे भने अन्तिम बलमा डट बल फाले । sandeep lamichane 3

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७