सप्तरीमा च्यातियो मिटरब्याजीका पौने तीन करोडका तमसुक, पीडितहरुका १२ बिघा जग्गा फिर्ता


१३ श्रावण २०८०, शनिबार
miter
फाइल फोटो

सप्तरी । सप्तरीमा निवेदन परेका मिटरब्याजसम्बन्धी ८१ वटाको निवेदन टुङ्गो लगाइएको छ । जिल्ला प्रशासन कार्यलयका अनुसार सप्तरीमा केही दिनयता मिटरब्याजसम्बन्धी ८१ निवेदन फर्छ्योट भएका छन् ।

सप्तरी मिटरब्याजसम्बन्धी एक हजार पाँच सय ७९ निवेदन परेका छन् । निवेदनबारे जिल्ला प्रशासन कार्यालयमा दैनिक छलफल भइरहेको प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले जानकारी दिए । ‘अहिले दुई ठाउँमा राखेर छलफल भइरहेको छ, छिटोभन्दा छिटो मुद्दा टुङ्गियोस् भन्ने हाम्रो चाहना छ’, उनले भने ।

थापाका अनुसार मिटरब्याज पीडितले दिएको निवेदनका आधारमा पीडित र पीडकलाई बोलाएर छलफल गर्ने गरिएको छ । पीडित र पीडकको तर्फबाट एक÷एकजना, जिल्ला प्रशासन कार्यालयका एक जना र जिल्ला प्रहरी कार्यालयका एक जना राखेर छलफल चलाइएको प्रजिअ थापाले बताए ।

आवश्यक पर्दा मालपोत र नापी कार्यालयका कर्मचारीलाई पनि छलफलमा सहभागी गराइने गरेको उनले बताए । थापाका अनुसार अहिलेसम्म आठ सय तीन पटक छलफल भइसकेको छ । निवेदन परेका मिटरब्याजसम्बन्धी ८१ वटा निवेदन फर्छ्योट हुँदा चार करोड ७६ लाख रुपैयाँ तिराइएको छ । २ करोड ८८ लाख ४४ हजार बराबारका तमसुक च्यातिएको छ । १२ बिघा १२ कठ्ठा १६ धुर जग्गा पीडितलाई फिर्ता गरिएको प्रजिअ थापाले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७