सामुहिक बलात्कारमा परेकी १२ वर्षीया बालिकाको अवस्था चिन्ताजनक


१५ श्रावण २०८०, सोमबार
rape unsafe women home
सांकेतिक तस्वीर

काठमाडौं । भारतको मध्यप्रदेशस्थित सतना जिल्लाको मैहरनजिकै सामुहिक बलात्कारमा परेकी १२ वर्षीया बालिकाको अवस्था चिन्ताजनक भएको छ । पीडित बालिकाको उपचार मैहरबाट ७० किलोमिटर टाढा रहेको रेवास्थित सञ्जय गान्धी मेमोरियल अस्पतालमा भइरहेको छ । त्यहाँ ७ जना चिकित्सकको टोलीले घण्टौं शल्यक्रियापछि उनको गुप्ताङ्गमा काठ घुसारिएका भित्री चोट धेरै भएको बताएको छ ।

चिकित्सकको टोलीले बालिकाको शरीरमा दाँतले टोकिएका चिह्नहरू पनि रहेको जनाएको छ । घटना जुलाई २७ को हो । घटनामा संलग्न आरोपमा मेहरको मन्दिरमा दैनिक ज्याला मजदुरी गर्ने रवीन्द्र चौधरी र अतुल बडोलिया नामका दुई व्यक्तिलाई पक्राउ गरिएको छ ।

कतिपयले पीडित बालिका त्यही मन्दिर बाहिर भिख माग्ने गर्थिन् भनेका छन् भने कतिले उनी मन्दिर बाहिर फूल बेच्ने गर्थिन् भनेका छन् । प्रहरीका अनुसार घटनाबारे जुलाई २० का दिन जानकारी प्राप्त भएको हो । जंगलमा २० घण्टासम्म बेहोस अवस्थामा रहेकी बालिका कुनै स्थानीय महिलाको सहयोगमा आफ्नो गाउँसम्म पुगेकी थिइन् । त्यसपछि प्रहरीले घटना थाहा पाएको थियो ।

स्थानीय प्रशासनले जुलाई २९ तारिख अभियुक्तको घर बुलडोजरले भत्काएको थियो । घर भत्काउन गएका उपडिभिजन अधिकृत सुरेश यादव र उप डिभिजन प्रहरी अधिकृत लोकेश डावरले दुवै अभियुक्तको घर सरकारी जग्गामा अवैध रूपमा बनेको बताएका छन् ।

यस घटनामा मुख्यमन्त्री शिवराज सिंह चौहानले भनेका छन्, ‘मैहरमा छोरी बलात्कारमा परेको सूचना पाएको छु, मेरो मन दुःखेको छ, म निकै दुःखी भएको छु ।’ ‘अपराधीलाई कुनै हालतमा नछाड्न प्रहरीलाई निर्देशन दिएको छु । प्रहरीले अपराधीलाई पक्राउ गरिसकेको छ । छोरीको उचित उपचारको व्यवस्था गर्न प्रशासनलाई निर्देशन दिएको छु । अपराधीलाई छाडिने छैन, कडाभन्दा कडा कारबाही हुनेछ ।’ बीबीसी हिन्दी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७