महिला विश्वकप फुटवल : आज समूह ‘डी’ र ‘ई’ का अन्तिम खेल


१६ श्रावण २०८०, मंगलवार
woman S1aiJQXNXm

काठमाडौं । फिफा महिला विश्वकप फुटबलमा आज (मंगलबार) समूह ‘डी’ र ‘ई’ बाट नकआउट चरणमा प्रवेश गर्ने टोलीको टुंगो लाग्ने भएको छ ।

आझ दिउँसो पौने एक बजे समूह ‘ई’ का दुई वटा खेल हुँदैछन् । न्यूजिल्याण्डको फोर्सिथ बार स्टेडियममा हुने खेलमा भियतनाम र नेदरल्याण्ड्स प्रतिष्पर्धा गर्दैछन् । यसअघिका दुवै खेल हारेको भियतनामका लागि आजको नतिजाले कुनै फरक पार्ने छैन । चार अंक जोडेर अंक तालिकाको दोस्रो स्थानमा रहेको नेदरल्याण्ड्सलाई भने अन्तिम १६ मा स्थना सुरक्षित गर्न खेल जित्नै पर्ने दबाब छ ।

न्यूजिल्याण्डकै इडेन पार्कमा हुने खेलमा समूह ‘ई’ कै पोर्चुगल र अमेरिका भिड्ने छन् । अमेरिका ४ अंकसहित तालिकाको शीर्ष स्थानमा छ भने पोर्चुगल ३ अंकसहित तालिकाको तेस्रो स्थानमा छ । साविक विजेता अमेरिकालाई पनि अन्तिम १६ मा प्रवेश गर्न खेल जित्नै पर्ने दबाब छ ।

आजै अपरान्ह पौने ५ बजे हुने खेलमा समूह ‘डी’ का चीन र इङ्ल्याण्ड भिड्दा सोही समयमा हाइटी र डेनमार्क आमनेसामने हुनेछन् । दुवै खेल अष्ट्रेलियामा हुनेछ । युरोकपको विजेता दुई खेलमा अपराजित रहँदै अन्तिम १६ मा स्थान बनाइसकेको छ । चीन र र डेनमार्कको अन्तिम १६ प्रवेशका लागि सम्भावना कायमै छ । हाइटी भने समूह चरणबाट बाहिरिसकेको छ ।

समूह ‘ए’ र ‘बी’ बाट नकआउट चरणमा प्रवेश गर्ने टोलीको सोमबार टुंगो लागिसकेको छ । समूह ‘ए’ बाट सहआयोजक अस्ट्रेलिया समूह विजेता बन्दै नकआउट चरणमा स्थान बनाउँदा नाइजेरियाले पनि अन्तिम १६ को यात्रा तय गरेको छ । समूह बीबाट स्पेनविरुद्ध फराकिलो जित निकाल्दै समूह बीको समूह विजेता बनेको छ । जापानसँग पराजित स्पेन पनि नकाउट चरणमा पुगेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७