केन्द्रीय कमिटी बैठक ‘लाइभ’ गर्ने निर्णयबाट पछि हट्यो माओवादी


१७ श्रावण २०८०, बुधबार
maobadi sthai 2080 uyWenuQ38m

काठमाडौँ । सत्तारुढ नेकपा माओवादी केन्द्रीय कमिटी बैठक लाइभ (प्रत्यक्ष) प्रशारण नहुने भएको छ । यसअघि पदाधिकारी बैठकले केन्द्रीय कमिटी बैठक लाइभ गर्ने निर्णय गरेको थियो । तर बैठक लाइभ गर्ने सम्बन्धमा अधिकांश नेताहरूले असन्तुष्टि जनाएपछि स्थगित गरेको हो ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले लाइभ स्थगित गर्ने निर्णय गरेको केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए । केन्द्रीय समितिको एजेन्डा लगायत विषयमा बैठक जारी रहेको उनले बताए । केन्द्रीय समिति बैठक दिउँसो १ बजेपछि प्रज्ञा भवन कमलादीमा सुरु हुँदैछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७