सल्यानमा घाँस काट्न गएकी महिलाको हत्या, मकैबारीमा भेटियो शव


२१ श्रावण २०८०, आईतवार
salyan murder1691313010

सल्यान । सल्यानको शारदा नगरपालिकामा एक महिलाको हत्या भएको छ । आज (आइतबार) बिहान घाँस काट्न गएकी शारदा नगरपालिका–१४, ढारखानीकी ४७ वर्षीया उर्मिला गिरीको मकैबारीमा हत्या भएको हो ।

मकैबारीमा हत्या गरिएको अवस्थामा उर्मिलाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सल्यानका निमित्त प्रमुख प्रहरी निरीक्षक सन्तोष खनालले जानकारी दिए । खनालका अनुसार गिरीको घाँटी रेटिएको अवस्थामा शव फेला परेको छ ।

‘म अहिले घटनास्थलमै छु, यसबारे थप अनुसन्धान सुरु गरिएको छ,’ खनालले थपे, ‘अहिले नै घटना के कति कारण भयो भन्न सकिने अवस्था छैन । अनुसन्धानका लागि प्रहरी गम्भीर भएर लागेको छ ।’ प्रहरीले अनुसन्धानका लागि तालिमप्राप्त कुकुर समेत घटनास्थलमा ल्याउने तयारी गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७