‘सीआइबी’ ले थाल्याे सुन प्रकरणको अनुसन्धान, एसपी थापा अनुसन्धान अधिकृत


२२ श्रावण २०८०, सोमबार
Gold taskari 100 kg scaled

काठमाडौं । एक क्विन्टल सुन तस्करी प्रकरणको अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी) ले प्रहरी उपरीक्षक सञ्जयसिंह थापाको कमाण्डमा टोली खटाएको छ ।

३ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिउ विमानस्थलबाट भन्सार पास गरेर बाहिरिँदै गरेको उक्त सुन राजस्व अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो । सोही सुन प्रकरणको अनुसन्धान गर्न विभागको टोलीले आइतबार प्रहरीलाई जिम्मा दिएको हो । प्रहरीले अनुसन्धान जिम्मा पाए लगत्तै प्रहरी प्रधान कार्यालयले सीआईबीलाई अनुसन्धान गर्न निर्देशन दिएको थियो ।

सीआईबीले सुन प्रकरणको अनुसन्धान गर्न एसपी थापाको कमाण्डमा छुट्टै एक टोली गठन गरेर काम सुरु गरेको प्रहरी प्रवक्ता डीआईजी कुवेर कडायतले जानकारी दिए । सुन प्रकरणमा हालसम्म १८ जना पक्राउ परेका छन् । पक्राउ परेकालाई सीआईबीले आफ्नै हिरासतमा राखेर अनुसन्धान थालेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७