नाइजेरियालाई हराउँदै इङल्याण्ड महिला विश्वकपको क्वार्टर फाइनलमा


२२ श्रावण २०८०, सोमबार
pic Xg1XRlVQQp

काठमाडौँ । नाइजेरियालाई पेनाल्टी सुटआउटमा हराउँदै इङल्याण्ड फिफा महिला विश्वकप फुटबलको क्वार्टर फाइनलमा पुगेको छ ।

आज सोमवार अस्ट्रेलियाको सनकर्प स्टेडियममा भएको खेलमा नाइजेरियालाई पेनाल्टी सुटआउटमा ४–२ गोलले हराउँदै इङल्याण्ड क्वार्टर फाइनलमा पुगेको हो । निकै प्रतिस्पर्धात्मक खेलमा ९० मिनेटसम्म दुवै टोलीबाट गोल हुन नसकेपछि अतिरिक्त ३० मिनेट थप गरिएको थियो । थपिएको समयमा पनि गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको हो ।

खेलको ८७ औँ मिनेटमा इङल्याण्डकी लरेन जेम्स रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएकी थिइन् । अब इङल्याण्डले क्वार्टर फाइनलमा कोलम्बिया र जमैकाबीचको विजेतासँग अगस्ट १२ मा खेल्ने छ । कोलम्बिया र जमैकाबीचको खेल भोलि (मंगलबार) हुँदैछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७