बनेपाको पुल बजार डुबानमा


२३ श्रावण २०८०, मंगलवार
banepal OAON1jVYgU

काठमाडौँ । अविरल वर्षापछि आएको बाढीका कारण बनेपाको पुल बजार डुबानमा परेको छ । डुबानका कारण बिहान केहीबेर अरनिको राजमार्ग हुँदै चल्ने गाडीहरु रोकिएका थिए । अहिले भने पानीलाई निकास दिएर गाडी चलाउन थालिएको प्रहरीले जनाएको छ ।

हरेक वर्षको बर्खामा काभ्रे, बनेपाको पुल बजार डुबानमा पर्ने गरेको छ । पुण्यमती खोलामा आएको बाढीले डुबान गर्ने गरेको छ । तर, यो समस्या समाधानमा सम्बन्धित निकायले चासो दिएका छैनन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७