मुग्लिन–नारायणगढ र बुटवल–पाल्पा सडक एकतर्फी खुलाइयो


२३ श्रावण २०८०, मंगलवार
Mugling
एकतर्फी खुलाइएको मुग्लिन सडकमा गाडी चल्दै

चितवन । चितवनको मुग्लिन–नारायणगढ सडक खण्डमा एकतर्फी सवारीसाधन सञ्चालन गराइएको छ । आज (मंगलबार) बिहानैदेखि पहिरोका कारण सडक अवरुद्ध भएको हो ।

इच्छाकामना गाउँपालिका–६, कालीखोलालगायत स्थानमा पहिरो खसेर सडक अवरुद्ध भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । सवारीसाधनको अत्यधिक चापका कारण बिहान करिब पौने १० बजेदेखि केही समय पहिरो पन्छाउन रोकेर अवरुद्ध सडक एकतर्फी खुलाइएको सो कार्यालयले जानकारी दिएको छ । कार्यालयका अनुसार केही समयपछि पुनः बाँकी पहिरो पन्छाएर सडक दुईतर्फी सञ्चालनमा ल्याइनेछ ।
बुटवल–पाल्पा सडक पनि एकतर्फी खुल्यो
मंगलबार बिहानैदेखि पहिरो खसेर अवरुद्ध भएको सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल सडकखण्ड एकतर्फी रुपमा सञ्चालनमा आएको छ । सडकखण्डको निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको माथिबाट खसेको पहिरो हटाएर एकतर्फी रुपमा सवारी आवागमन सुरु गरिएको प्रहरीले जनाएको छ ।

बिहान तिनाउ गाउँपालिका–३ ड्यामसाइटस्थित सिद्धबाबा सुरुङमार्गको उत्तरतर्फको प्रवेश विन्दुमाथि ढुंगासहितको पहिरो खसेपछि राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको थियो । लेदो र ढुंगासहितको पहिरो हटाउन सुरुङमार्ग आयोजनाको मेसिन प्रयोग गरिएको थियो । हाल एकतर्फी रुपमा सवारी पास हुनेगरी सडक खुलाइएको दोभान प्रहरी चौकीले जनाएको छ ।

पहिरो हटाएपछि बिहानैदेखि सडकमा अलपत्र परेका यात्रुहरु गन्तव्यमा लागेका छन् । हालका लागि पहिरो पन्छाएर सवारी संचालन भए पनि पहिरोको जोखिम भने उक्त क्षेत्रमा कायमै रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७