सिंहदरबारमा एक्कासी इन्टरनेट नचलेपछि…
काठमाडौं, ३१ बैसाख । मुलुकको प्रमुख प्रसाशनिक केन्द्र सिंहदरबारमा आज इन्टरनेट सेवा बन्द भएको छ । इन्टरनेट नचलेपछि सिंहदरबार दक्षिण गेटबाट प्रवेश गर्ने सर्वसाधारणहरु मारमा परेका छन् ।
इन्टरनेट गएपछि अहिले गेटपास समेत रोकिएको एक सर्वसाधारणले गुनासो गरे । इन्टरनेट सेवा बन्द भएपछि अहिले सिंहदरबार दक्षिण गेटमा सर्वसाधारणको घुइँचो लागेको छ ।