देउवा निवास घेर्ने तयारीमा नेविसंघको असन्तुष्ट समूह


२५ श्रावण २०८०, बिहीबार
nebisang nnj9qXFhKi

काठमाडौं । नेपाल विद्यार्थी संघको असन्तुष्ट नेताहरूले आज (बिहीबार) भाउ पार्टी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास घेराउ गर्ने तयारी गरेको छ ।

नेविसंघको हालै मनोनीत केन्द्रीय सदस्यहरूमा सक्रिय कार्यकर्ता नपरेपछि असन्तुष्ट समूहले हिजो सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालय घेराउ तथा नाराबाजी गरेका थिए । तर, उनीहरूलाई सानेपास्थित केन्द्रीय कार्यालय जान नदिए पछि आज पार्टी सभापति देउवाको निवास घेराउ गर्न लागेका हुन् ।

नेविसंघका असन्तुष्ट समूहका विद्यार्थी नेता योगेन्द्र रावलले भने, ‘पार्टी कार्यालयमा प्रवेश नै गर्न नदिए पछि त अब कुनै न कुनै नेताको घरमा गएर कमिटी बनाउनुपर्ने हुन्छ, बिहीबार पार्टी सभापतिको घर घेर्न जान्छौँ ।’ उनका अनुसार धुम्बाराहीस्थित देउवा निवासमा असन्तुष्ट विद्यार्थी नेताहरूले आज घर घेराउ गरी नेविसंघ केन्द्रीय समिति सदस्य मनोनयनमा पुर्नविचार गर्न दबाब दिइनेछ ।

असन्तुष्ट समूहको नेतृत्वको गर्ने विद्यार्थी नेता प्राध्यापक प्रेम चलाउनेमाथि हातपात गर्ने नेता हुन् । नेविसंघका अध्यक्ष दुजाङ शेर्पाको सिफारिसमा सभापति देउवाले ७१० जनालाई केन्द्रीय समितिमा मनोनयन गरेका हुन् । उनले गरेको सो मनोनयनमा स्वयं रावल पनि अटाएका छैनन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७