सत्ता पक्षकै मन्त्रीहरुमाथि प्रश्न उठाउँदा सुनील शर्मालाई पक्राउ गरियो : अध्यक्ष लिङदेन


२७ श्रावण २०८०, शनिबार
rajendra lingden nEo0G6ZEEv
फाइल फोटो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले पार्टीले सत्तालाई प्राथमिकतामा नराखेको बताएका छन् ।

आज (शनिबार) ३४ औं अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय चाबहिलमा आयोजित कार्यक्रममा रक्तदान कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले राप्रपाले सत्तालाई प्राथमिकतामा नराखेको बताएका हुन् । उनले कांग्रेस सांसद डा. सुनील शर्मालाई पक्राउ गर्ने र अर्को दिन नै छोड्ने कुरा छलफलको विषय बनेको बताए ।

उनले सत्ता पक्षका सांसद शर्माले सत्ता पक्षकै मन्त्रीहरूमाथि प्रश्न उठाएर राजीनामा माग्दा पक्राउ गरिएको आरोप लगाए । अध्यक्ष लिङदेनले सांसद शर्मालाई छोड्ने र अन्य चिकित्सकलाई थुनामै राखेको भन्दै यसमा पनि छलफल हुनुपर्ने बताए । अध्यक्ष लिङदेनले युवाले नेपाली राजनीतिमा हस्तक्षेपकारी भूमिका खेल्नु पर्नेमा जोड दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७