तीन राजमार्ग पूर्णरुपमा अवरूद्ध, ३८ ठाउँमा एकतर्फी


२८ श्रावण २०८०, आईतवार
Pahiro gadi baglung

काठमाडौं । देशभर लगातारकोे वर्षाका कारण तीन वटा राजमार्ग तीन ठाउँमा अवरूद्ध रहेको छ । ३८ ठाउँमा एकतर्फीरूपमा सञ्चालनमा रहेको सडक विभागले जानकारी दिएको छ ।

पहिरोले पटक–पटक अवरूद्ध हुँदै आएको मुग्लिन–नारायणगढ सडकखण्ड भने अहिले निर्बाध सञ्चालनमा रहेको सडक डिभिजन कार्यालय भरतपुरले जानकारी दिएको छ। त्यस ठाउँमा पनि शनिबार रातिदेखि नै पानी परेकाले पहिरो खस्ने जोखिम रहेकाले सावधानी अपनाएर यात्रा गर्न सडक डिभिजन कार्यालय भरतपुरले सतर्क गराएको छ ।

सडक विभागका अनुसार अहिले तमोर करिडोरअन्तर्गत चतरा–मुलघाट–माझीटार–अमरापुरडाँडा–गणेशचोक जोड्ने सडक पाँचथरको माझिटारस्थित हेवा खोलामा अवरूद्ध रहेको छ । यस्तै, कालिगण्डकी करिडोरअन्तर्गतको तानसेन–रिडी–कोरला सडक म्याग्दीको बैसरीमा अवरूद्ध रहेको विभागले बेवसाइटमार्फत् अद्यावधिक गरेको छ ।

रिडी–बालकोट–हंसपुर–प्युठान जोड्ने सडक सल्यानको अश्विनीमा अवरूद्ध रहेको पनि विभागले जानकारी दिएको छ । मनसुनजन्य गतिविधि सुरू भएयता २४ वटा राजमार्गमा क्षति पुगेको विभागको तथ्याङ्क छ । २४ वटा राजमार्गको १८१ स्थानमा अवरूद्ध भएकामा १४० ठाउँमा दुवैतर्फ सञ्चालनमा ल्याइएको र ३८ ठाउँमा एकतर्फी रूपमा यातायात सञ्चालनमा रहेको विभागले बताएको छ । बाढी–पहिरोका कारण अहिलेसम्म राष्ट्रिय राजमार्ग २ हजार ८३ घण्टा अवरूद्ध भएका अवरूद्ध भएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७