मन्त्री हेरफेर अघि प्रचण्डको बालुवाटारमा माओवादी पदाधिकारीसँग छलफल


२८ श्रावण २०८०, आईतवार
prachanda scaled
फाइल फोटो

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्री हेरफेरअघि बालुाटारमा पार्टी पदाधिकारीसँग छलफल गरेका छन् । मन्त्री हेरफेरको विषयमा प्रचण्डले पार्टी पदाधिकारीलाई बालुवाटार बोलाएर अहिले छलफल गरिरहेका छन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार अहिले पदाधिकारीहरू बालुवाटार पुगेर छलफलमा जुटेका छन् । ‘केही पदाधिकारीहरू आइसक्नु भएको छ । केही आउने क्रममा हुनुहुन्छ,’ आचार्यले भने । जनमतलाई सरकारमा ल्याउनका लागि माओवादीले एक मन्त्रीलाई फिर्ता बोलाउने तयारी गरेको छ । सोही विषयमा छलफलका लागि प्रचण्डले केही पदाधिकारीसँग बालुवाटारमा छलफल गर्न लागेका हुन् ।

माओवादी नेताहरूका अनुसार संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई फिर्ता बोलाउने प्रचण्डको तयारी छ । अर्का मन्त्री सुदन किराँतीले पनि प्रधानमन्त्रीलाई सहज बनाउन आफू मन्त्री छोड्न तयार रहेको बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७