माओवादीले मन्त्री अमनलाल मोदीलाई फिर्ता बोलायो


२८ श्रावण २०८०, आईतवार
amanlal modi

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाला मोदीलाई मन्त्रीबाट फिर्ता बोलाउने निर्णय गरेको छ । आज (आइतबार) बालुवाटारमा बसेको पदाधिकारी बैठकले मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनमत पार्टीलाई सरकारमा सहभागी गराउन पार्टीबाट मन्त्री बनेका मोदीलाई फिर्ता बोलाएका हुन् । यसअघि जनमतले अनिता देवी साहलाई मन्त्री बनाउन प्रचण्डलाई सिफारिस गरिसकेको छ । सोही विषयमा छलफल गर्न प्रचण्डले आइतबार बालुवाटारमा पदाधिकारी बैठक राखेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७