राष्ट्र बैंकमा जोख्न थालियो बरामद १०० किलो सुन


२९ श्रावण २०८०, सोमबार
gold

काठमाडौं । राजश्व अनुसन्धान विभागले बरामद गरेको एक सय किलो सुन जोख्न पगाल्ने प्रक्रिया सुरु भएको छ । नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएर सिनामंगलबाट बरामद गरिएको एक सय किलो सुन जोख्न पगाल्न थालिएको हो ।

gold 1

एक सय किलो सुन ब्रेक सुभित्र राखेर ल्याइएको थियो । राजश्व अनुसन्धान विभागले बरामद गरेको सुन कति छ भनेर यकिन गर्न पगाल्ने प्रक्रिया सुरु गरिएको टक्सार महाशाखाका प्रमुख थानेश्वर आचार्यले जानकारी दिए । ब्रेकसु प्याकिङसहित जोख्दा १५५ किलो भएको छ । तर त्यसमध्ये सुन कति छ भन्ने छुट्टिएको छैन । करिब सय किलो सुन भएको राजस्वको अनुमान छ ।

अब यसलाई जोखेर यकिन गर्न लागिएको हो । ‘आजदेखि सुन पकाल्ने काम सुरु हुन्छ । पगालेपछि सुनको के कति हो एकिन गर्न सकिन्छ । त्यसका लागि अहिले छलफलल भइरहेको छ’, आचार्यले भने । गत साउन ३ मा राजश्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार पास भएर बाहिरिएको एक सय किलो सुन सिनामंगलबाट बरामद गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७