‘ब्रेक–सु’ मा तस्करी गरिएको सुनको तौल ६० किलो ७८९ ग्राम


२९ श्रावण २०८०, सोमबार
gold

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रि विमानस्थलबाट बाहिरिएपछि सिनामंगलबाट बरामद सुन जोख्दा ६० किलो ७८९ ग्राम भएको छ । चिनियाँ तस्करले हङकङबाट भित्र्याएको ‘ब्रेक सु’ बाट बरामद सुन आज जोख्दा ६० किलो ७८९ ग्राम रहेको पाइएको हो । बरामद ब्रेक सुभित्रको सुन निकाल्दा सुनको परिमाण ६० केजी ७८९ ग्राम रहेको पाइएको नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले जानकारी दिएको छ ।

आज (सोमबार) राष्ट्र बैंकको टक्सार विभागले ब्रेक सुको सुन तौलिएको थियो । सुनको परिमाणको औपचारिक विवरण सार्वजनिक गरिएको छैन । हङकङबाट गत असार २९ गते ल्याएर अन्तर्राष्ट्रिय विमानस्थल भन्सार समेत पार गरिसकेको तस्करीको सुन सिनामंगल सडकबाट राजस्व अनुसन्धान विभाग र सशस्त्र प्रहरीको टोलीले बरामद गरेको थियो । १६० वटा ब्रेक सु बरामद भएकोमा त्यसभित्र लुकाइएको सुनको परिमाण भने करिब ६० किलो ७७९ ग्राम पाइएको छ ।

सुरुमा दुई जनालाई सुनसहित पक्राउ गरेकोमा त्यसपछि भन्सारका अधिकृतसहित ३ कर्मचारी‚ ३ विदेशी नागरिक र ४ जना भन्सार एजेन्टसहित १८ जनालाई पक्राउ गरिएको थियो । त्यसमध्ये १७ जना हाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको हिरासतमा छन् भने एक जनालाई हाजिरी जमानतमा रिहा गरिएको छ । यही प्रकरणमा पक्राउ परेका २ चिनियाँ र भारतीय राहदानीबाहक अर्का एक जनालाई पक्राउ गरिए पनि हाजिरी जमानतमा छाडिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७