यसरी गालिँदै छ तस्करीको ६० किलो ७८९ ग्राम सुन (तस्वीरहरू)


३० श्रावण २०८०, मंगलवार
Gold galdai taskari 4

काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट जाँचपास भएर सिंनामंगलमा बरामद भएको तस्करीको सुन आज गाल्न थालिएको छ । नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागअन्तर्गत टक्सार महाशाखामा सुन गाल्ने काम भइरहेको छ ।

यही साउन २ गते राजस्व अनुसन्धान विभागको टोलीले तस्करीको सुन बरामद गरेको थियो । मोटरसाइकल र स्कुटीको ब्रेक सुभित्र राखेर सुन भित्र्याइएको खुलेको थियो ।

सोमबार (हिजो) ब्रेक सुबाट सुन बाहिर निकाल्दा ६० केजी ७८९ ग्राम भएको महाशाखाका निर्देशक थानेश्वर आचार्यले जानकारी दिए । उनका अनुसार गालेपछि सुनको यकिन तौल प्रष्ट हुनेछ । सुन गाल्ने काम सकिएपछि गुणस्तर जाँच हुने जनाइएको छ ।
हेर्नुस् तस्वीरहरु

gold 3
Gold galdai taskari 1
Gold galdai taskari 2
Gold galdai taskari 3
Gold galdai taskari 4 1
Gold galdai taskari 5
Gold galdai taskari 6

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७