प्रधानमन्त्रीले बोलाएको सात दलको बैठक सिंहदरबारमा जारी, ओली अनुपस्थित


३ भाद्र २०८०, आईतवार
sarba daliya baithak 3 scaled

काठमाडौं । प्रधानमन्त्रीले बोलाएको सात दलको बैठक सिंहदरबारमा सुरू भएको छ । बैठकमा राष्ट्रिय मान्यताप्राप्त सात दलका नेताहरू सहभागी छन् ।

संसदको गतिरोध अन्त्य गर्न, विभिन्न विधेयक र देश तथा जनताका दैनिक समस्याबारे छलफल गर्न प्रधानमन्त्रीले सात दललाई बैठकमा बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउन माग गर्दै लगातार संसद बैठक अवरोध गर्दै आएको छ ।

sarba daliya baithak 1

प्रधानमन्त्रीसहित बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमाले संसदीय दल उपनेता सुवास नेम्वाङ, नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष समेत रहेका गृहमन्त्री नारायणकाजी श्रेष्ठ, रास्वपा सभापति रवि लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन सहभागी छन् । वैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भने अनुपस्थित छन् ।

sarba daliya baithak 3 1

साथै उपप्रधानमन्त्री तथा रक्षामन्त्री समेत रहेका कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीसमेत रहेकी जनमत पार्टीकी सचिव अनितादेवी साह, एमाले प्रमुख सचेतक पदम गिरी, माओवादीका प्रमुख सचेतक हितराज पाण्डे, रास्वपा प्रमुख सचेतक सन्तोष परियारलगायत पनि बैठकमा उपस्थित छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७