सिंहदरबार बैठकमा सहमति बिनै उठे नेताहरु, भोलि फेरि बस्ने


३ भाद्र २०८०, आईतवार
sarba daliya baithak 3 scaled

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सदन खुलाउन बोलाएको छलफल विना निष्कर्ष टुङ्गिएको छ । भोलि फेरि बस्ने गरी नेताहरू उठेको रास्वपा सभापति रवि लामिछानेले जानकारी दिएका छन् ।

बैठकपछि रास्वपा सभापति रवि लामिछानेले सदन खुलाउनु पर्छ भन्नेमा सबै दल सहमत रहेको बताए । ‘अब बैठक फेरि बस्छ । भोलि बस्ने बैठकमा सहमति जुट्ने आशा छ’, उनले भने ।

एमालेले समितिको अडान राखिरहेको पनि गृहमन्त्रीले सीआईबीले अनुसन्धान गरिरहेकाले अर्को समिति बनाउँदा छानिबन प्रभावित हुनसक्ने बताएको लामिछानेले सुनाए । अब १५ दिन मात्रै बाँकी रहेकाले गृहमन्त्रीले मागेको समयभित्र सहमति जुटाउने प्रयास भइरहेको उनले जानकारी दिए ।

एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समितिको अडानसहित साउन १० गतेबाट निरन्तर बैठक अवरुद्ध गर्दै आएको छ । प्रधानमन्त्रीले समाधानको उपाय खोज्न राष्ट्रिय मान्यता प्राप्त दलका नेतासँग छलफल गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७