बझाङमा ओच्छ्यानमा सुतिरहेका दुई नाबालक छोरासहित आमामाथि छुरा प्रहार


५ भाद्र २०८०, मंगलवार

बझाङ । बझाङमा एक परिवारका तीन सदस्यमाथि मध्यराति सुतिरहेकै ठाउँमा चक्कु प्रहार भएको छ । अज्ञात व्यक्तिले सुर्मा गाउँपालिका–३ घर भई चैनपुरस्थित सुर्मा टोल बस्ने कलक विककी श्रीमती र दुई छोराहरूमाथि सुतिरहेकै बेला चक्कु प्रहार गरेको हो ।

चक्कु प्रहारबाट २७ वर्षीया सुनिता विक र उनका दुई छोरा ७ वर्षीय आदित्य र ४ वर्षीय आबेल घाइते भएका छन् । उनीहरूको अहिले जिल्ला अस्पतालमा उपचार भइरहेको छ । चक्कु प्रहार गर्ने व्यक्तिले साथमा रहेको मोबाइल समेत लुटेर लगेको बताइएको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७