सात जिल्लामा आज आकस्मिक बाढीको जोखम, सतर्क रहन आग्रह


५ भाद्र २०८०, मंगलवार
Badi katan

काठमाडौं । आउँदो तीन दिन देशका प्रमुख नदीहरूमा जलसतह सतर्कता तह भन्दा तलै रहने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज कोशी, नारायणी, कर्णाली, महाकाली, कन्काई, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र यसका सहायक नदीमा जलसतह सतर्कता तहभन्दा तलै रहे पनि उल्लेख्य बढ्ने पूर्वानुमान छ ।

नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाइराख्न महाशाखाले अनुरोध गरेको छ । आज झापा, मोरङ, सुनसरी, बाके, बर्दिया, कैलाली, कन्चनपुर र आसपास भइ बहने केही स–साना नदीमा आकस्मिक बाढीको जोखिम रहने महाशाखाको पूर्वानुमान छ । यी जिल्लाका नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

यस्तै ईलाम, ताप्लेजुङ, पाँचथर, तेहथुम, संखुवासभा, भोजपुर, खोटाङ, धनकुटा, उदयपुर, सिन्धुली, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, मकवानपुर, सिन्धुपाल्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, रसुवा, नुवाकोट, नवलपरासी (पूर्व), नवलपरासी (पश्चिम ), रुपन्देही, कपिलवस्तु, पाल्पा, दाङ, प्युठान, सल्यान, सुर्खेत, दैलेख, जाजरकोट, कालिकोट, अछाम, बाजुरा, बझाङ, डोटी, डडेल्धुरा, बैतडी, दार्चुला र आसपास भई बहने केही स–साना नदीहरूरुमा बहाव बढ्न सक्ने पूर्वानुमान छ । यी जिल्लाका नदी तटीय क्षेत्रमा सामान्य सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७